संसदकाे हिउँदे अधिवेशन अन्त्यको तयारी

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३, आइतबार ०९:५८

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने तयारी छ । उनी जानुभन्दा अघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी भएको हो । अधिवेशन चैत २० गते भित्र अन्त्य गर्ने याेजना रहेकाे संसद सचिवालय स्राेतले जनाएकाे छ ।

अन्तर व्यवस्थापिका संघको सम्मेलन चैत २३ गतेदेखि २७ गतेसम्म हुनेछ ।

संसदको हिउँदे अधिवेशन गत माघ १८ गते सुरु भएको थियो ।

अधिवेशन अन्त्यअघि नै पाँच वटा प्रतिस्थापन विधेयक संघीय संसदका दुवै सदनबाट पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने तयारी छ ।

सरकारले हिउँदे अधिवेशन आह्वान हुनुभन्दा करिब एक हप्ता अगाडि ६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये भूमिबाहेकका पाँच वटा प्रतिस्थापन विधेयकमार्फत् कानुन संशोधन प्रक्रिया अघि बढाइएको थियो ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.