
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तस्बिर जलाउनेलाई पक्राउ गरेको घटनाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
शनिबार प्रचण्डको तस्बिर जलाएको आरोपमा राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)को भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव निराजन बमलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । प्रचण्डले पक्राउको घटनामा असन्तुष्टि जनाएका हुन् ।
‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन्,’ प्रचण्डले भनेका छन्, ‘फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’
बमलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । उनले हेटौंडाको एक कार्यक्रममा शनिबार प्रचण्डको तस्बिर जलाएका थिए ।
























