नेविसंघ इतर पक्षले महेन्द्र मोरङमा निर्वाचन हुन नदिने (भिडियोसहित)

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३, आइतबार १७:४२

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन गर्न नदिने नेपाल विद्यार्थी संघ (नेविसंघ)को डाक्टर शेखर कोइराला पक्षले चेतावनी दिएको छ ।

विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै नेविसंघ शेखर कोइराला समूहले निर्वाचन रोक्ने चेतावनी दिएको हो । नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका कोइराला पक्षका सभापति उम्मेदवार योगराज दाहालले अहिलेकै अवस्थामा निर्वाचन नहुने र गर्न नदिने बताए ।

नेविसंघबाट प्रज्वल विष्ट र योगराज दाहालले उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचन समितिले विष्टलाई आधिकारिता दिएको थियो । दाहाल स्वतन्त्र उम्मेदवार छन् । उनले जबरजस्ती निर्वाचन गर्न खोजे आत्मदाह गर्ने चेतावनी दिए ।

उनले आफ्नो वरिपरि सादा पोसाकका प्रहरी परिचालन गरिएको र पार्टीको संस्थापन पक्षका गुण्डाहरुले धम्की दिइरहेको बताए । ‘उहाँहरुले हामीलाई हेपेर होस वा दबाबमा होस् यसो गर्न खोजिरहनु भएको छ,’ उनले भने,‘ हामी जे पनि गर्न तयार छौं, भोलि क्याम्पस जल्नसक्छ, हामी जल्न सक्छौं, उहाँहरुको घर जल्छ सक्छ ।’

आफूहरुलाई पेलेर अघि बढेको बताउँदै उनले भने,‘ निर्वाचन पनि हुन दिदैनौं । निर्वाचन भनेको स्वतन्त्र निष्पक्ष हुनुपर्छ, जबसम्म स्ववियु निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा हुने वातावरण नभएसम्म निर्वाचन हुन सक्दैन ।’

उनले निष्पक्ष रुपमा निर्वाचन हुने वातावरण बनाउन माग गरे । जबरजस्ती गरे आत्मदाह गर्ने उनले चेतावनी दिए । निर्वाचन समितिका संयोजक नेपाली कांग्रेस संस्थापन पक्षतर्फ लागेको बताउँदै उनले निष्पक्ष वातावरण नभएसम्म निर्वाचन नहुने बताए ।

मोरङ क्याम्पसमा चैत ५ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उमेदवारी दिएका छन् । मोरङ क्याम्पसमा २ दुई हजार ८ सय ९० छात्रा र ३ हजार ९४ जना छात्र मतदाता छन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् 

 

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.