
विराटनगर । रमाइलो बहुमुखी क्याम्पस कानेपोखरीको स्ववियु सभापतिमा अखिल क्रान्तिकारी उम्मेदवार अनिश कार्की विजयी भएका छन् । नेविसंघका उम्मेदवार मदन कार्कीलाई १ मतले पराजित गर्दै कार्की सभापतिमा निर्वाचित भएका हुन् ।
अनिशले ५६ मत ल्याउँदा मदनले ५५ मत ल्याएका छन् ।
सचिवमा पनि अखिल क्रान्तिकारीका शिशिर कोइरालाले ६२ मत ल्याएर बिजयी भएका छन् । सचिवका नेविसंघका उम्मेदवार जितेश खड्काले ४८ मत ल्याएका छन् । २०७९ सालमा रमाइलो बहुमुखी क्याम्पसमाको स्ववियुमा अनेरास्ववियुले प्यानलै जितेको थियो ।
























