
विराटनगर । खदम क्याम्पस केराबारी गाउँपालिकाको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका उम्मेदवार संगम कन्दङ्वा निर्वाचित भएका छन् । उनले कन्दङ्वाले माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीका सिमान्त लुईंटेललाई पराजित गरे ।
कन्दङ्वाले ५८ मत प्राप्त गरेका छन् । लुइटेलले २८ मत पाएका छन् । ९१ जना विद्यार्थी मतदाता रहेको खदम क्याम्पसमा ८७ मत खसेको थियो ।
























