‘एसईई’ आजदेखि, पोहोरभन्दा ४९ हजार बढी परीक्षार्थी

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र ७, बिहीबार ०६:१५

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार)देखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट एकसाथ बिहान ८ बजेदेखि एसईई आरम्भ हुन लागेको हो ।

परीक्षाको पूर्वनिर्धारित तालिकाअनुसार पहिलो दिन परीक्षार्थीले अनिवार्य अँग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा दिँदै छन् ।

Advertisement

यो वर्ष माध्यमिक शिक्षा परीक्षा एसईईमा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुन लागेको बोर्डले जनाएको छ । पोहोर अर्थात २०८० को एसईईमा ४ लाख ६४ हजार ७ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए । यस्तै, यसवर्ष परीक्षार्थी संख्या पोहोर भन्दा ४९ हजार २ सय ८६ जना बढी हो ।

१ सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा १ जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर १ जना निरीक्षक खटाउने व्यवस्था मिलाइएको छ । ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिको बोर्डले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरको रथयात्राका क्रममा हालसम्म ९० जना पक्राउ
विराटनगरको रथयात्राका क्रममा ७५ जना पक्राउ
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा जारी
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×