‘एसईई’ आजदेखि, पोहोरभन्दा ४९ हजार बढी परीक्षार्थी

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र ७, बिहीबार ०६:१५

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार)देखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट एकसाथ बिहान ८ बजेदेखि एसईई आरम्भ हुन लागेको हो ।

परीक्षाको पूर्वनिर्धारित तालिकाअनुसार पहिलो दिन परीक्षार्थीले अनिवार्य अँग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा दिँदै छन् ।

Advertisement

यो वर्ष माध्यमिक शिक्षा परीक्षा एसईईमा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुन लागेको बोर्डले जनाएको छ । पोहोर अर्थात २०८० को एसईईमा ४ लाख ६४ हजार ७ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए । यस्तै, यसवर्ष परीक्षार्थी संख्या पोहोर भन्दा ४९ हजार २ सय ८६ जना बढी हो ।

१ सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा १ जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर १ जना निरीक्षक खटाउने व्यवस्था मिलाइएको छ । ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिको बोर्डले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.