
काठमाडौं । इतिहास बनिसकेका पात्रहरूले पुनः टाउको उठाउने सम्भावना नरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तरगत आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले टाउको उठाउने सम्भावना नरहेको बताए ।
उनले अहिलेको सरकारमा रहेका दलहरूको कामकै कारण इतिहास बनिसकेकाहरूले टाउको उठाउने प्रयास गरेको जिकिर गरे ।
‘यो सरकारका कारणले इतिहासका कुडाकर्कटमा गइसकेकाहरू पनि टाउको उठाउने दुस्साहस गरिरहेका छन्,’ उनले भने,‘ यद्यपि त्यो टाउको धेरै उठ्नेवाला छैन ।’
























