
काठमाडौं । जनमत पार्टीकी प्रदेश सांसदका श्रीमान जसपामा प्रवेश गरेका छन् ।
जनमत सांसद सीता गुरुङका श्रीमान् कैलाश गुरुङ जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका हुन् ।
शनिबार जसपा नेपाल रुपन्देही जिल्ला समितिले भैरहवाको बुद्धचोकमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराए ।
सिके राउत नेतृत्वकाे जनमत पार्टीका केन्द्रीय सदस्य निलम यादव पनि जसपा नेपालमा प्रवेश गरेकी छिन् ।
























