प्रेस चौतारी महाधिवेशनको तयारी पूरा

Share this
796shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ९, शनिबार १७:३८

विराटनगर । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको तयारी पूरा भएको छ । विराटनगरमा भोलिबाट हुने महाधिवेशनकाे तयारी पूरा भएकाे हाे ।

तीन दिनसम्म चल्ने महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । तर ओली आउने सम्भावना न्यून छ ।

महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनको लागि सबै तयारी पूरा भएको चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलले जानकारी दिए । उनका अनुसार प्रतिनिधिहरु आउने क्रम जारी छ ।

भोलि बिहान १० बजे उद्घाटन हुने महाधिवेशन नयाँ नेतृत्व चयन र विराटनगर घोषणा पत्र जारी गर्दै समापन हुनेछ ।

चौतारीको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् । पाण्डेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे समर्थन छ । राईलाई अन्य नेताले समर्थन गरेका छन् । नयाँ नेतृत्वका लागि सहमति नभए निर्वाचन हुनेछ ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.