पुर्ख्यौली  थलो आउँदा खुसी लाग्यो : पूर्वराजा ज्ञानेन्द्र 

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ९, शनिबार १९:२९

काठमाडौं । शनिबार गोरखा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्ख्यौली थलो आइपुग्दा आफूलाई खुसी लागेको बताएका छन् ।

उनले गोरखामा रहेको गोरखकाली मन्दिरमा पूजाअर्चना गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै गोरखा आफ्नो जन्मथलो नभए पनि पुर्खाको भूमि भएकाले यहाँ आउन पाउँदा आनन्द महसुस भएको सुनाए । 

गोरखा मेरो जन्मथलो नभए पनि मेरो पुर्खाको थलो हो ।  यहाँ आएर सबैलाई भेट्न पाउँदा पनि धेरै नै खुसी लागेको पूर्वराजा शाहले बताए । 

देशमा शान्तिको आवश्यकता रहेको औंल्याउँदै कसैले पनि अरूको अहित नसोच्नुपर्ने बताउँदै, पूर्वराजा शाहले भने, ‘देशमा अहिले शान्ति चाहिएको छ । कसैले कसैको कुभलो नचिताओस्, सबैको भलो होस् । देशमा शान्ति र विकास होस्, सबैलाई सुख समृद्धि प्राप्त होस् मेरो कामना छ ।’

शाहवंशीय राजाहरूको कुलदेवताका रूपमा पुजिने गोरखकाली मन्दिर गणतन्त्र स्थापनापछि उनी पहिलो पटक पुगेका हुन् ।

उनले गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरे भने गोरखकाली मन्दिरमा करिब २ घण्टा बिताए । उनले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गरे । 

आइतबार मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जाने कार्यक्रम रहेको छ । यस भ्रमणका क्रममा पूर्वराजाका समर्थकहरूले केही समय राजसंस्था पक्षधर नारा लगाएका थिए ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.