
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ती नै नभएको नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले बताएका छन् । उनले राजनीति गर्ने रहर भए पार्टी खोलेर राजनीतिमा आउन आग्रह गरे ।
नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र शाहको आलोचना गरे ।
‘संवैधानिक राजा हुन लायक पनि छैनन् । संवैधानिक राजा हुन पनि सक्दैनन्,’ उनले भने,‘ राप्रपाले बरु पार्टी सभापति बनाए हुन्छ । पार्टीमा लाग्यो भने राप्रपाले पनि दुःख पाउँछ ।’
राजसंस्था फर्काउनका लागि राजाबादी र राजसंस्था पक्षधर दलहरुले आन्दोलन घोषणा गरिसकेका छन् ।
























