राष्ट्रियसभाको चुनावपछि मात्रै संविधान संशोधनः महासचिव पोखरेल

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १०, आइतबार १८:०७

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधन बहुमत पुर्‍याएर मात्रै हुने बताएका छन् ।

नेकपा एमाले निकट रहेका पत्रकारहरूको संगठन प्रेस चौतारीको १० औं राष्ट्रिय महाधिवेशनको विराटनगरमा उद्‌घाटन गर्दै महासचिव पोखरेलले अब हुने राष्ट्रियसभाको चुनावमा २ तिहाइको बहुमत पुर्‍याएर मात्रै संविधान संशोधन हुने प्रस्ट्याए । 

संविधान संशोधनका लागि २ तिहाइको आवश्यकता पर्ने र अहिले राष्ट्रियसभामा बहुमत नभएकाले संविधान संशोधन गर्न नसकिएको बताए ।

उनले राष्ट्रियसभामा नेपाली काँग्रेस र नेकपा एमालेको बहुमत पुर्‍याएर संविधान संशोधन गर्ने जिकिर गरे । 

काँग्रेस र एमाले जुन उद्देश्य राखेर एक ठाउँमा उभिएका छन्, त्यसका लागि पहिले संविधान संशोधन आवश्यक रहेको स्पष्ट पारे ।

संविधान संशोधन र देशमा स्थिरता कायम गर्न २ ठूला दल एक ठाउँमा उभिएको बताए ।

उनले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको विकल्प नभएको भन्दै दिवा सपना नदेख्न पनि राजावादीलाई चेतावनी दिए । 

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.