चौतारीको महाधिवेशनमा एमाले नेता ढकालले भने,‘ फरक सन्देश दिनुपर्छ’

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १०, आइतबार १८:२५

विराटनगर । नेकपा एमाले मोरङका नेता विनोद ढकालले प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनले फरक सन्देश दिनुपर्ने बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले समर्थन गरेको प्यानललाई नै पराजित गर्दै एमालेको मोरङकाे अधिवेशनमा आफ्नो प्यानललाई जिताएका ढकालले प्रेस चौतारीले पनि  फरक सन्देश दिन सक्नुपर्ने बताएका हुन् । जिल्ला अधिवेशनमा जस्तै ओलीले चौतारीको महाधिवेशनमा व्यक्ती तोकेर अध्यक्ष बनाउन निर्देशन दिएका छन् ।

प्रतिनिधिले अध्यक्षको निर्देशनविरुद्ध हस्ताक्षर अभियान नै सञ्चालन गरेका छन् ।

ढकालले एमाले मोरङको दशौं जिल्ला अधिवेशनले देशैभर नयाँ सन्देश दिएको बताए । ‘एमाले मोरङको अधिवेशनको राष्ट्रव्यापी चर्चा छ । त्यो अधिवेशनले देशैभर अलग्गै सन्देश पनि दियो’, उनले भने, ‘प्रेस चौतारीको अधिवेशनले पनि फरक सन्देश दिन सक्नुपर्छ ।’ 

‘प्रेस चौतारीको अधिवेशनबाट नेतृत्व निर्माणका सन्दर्भमा सर्वसम्मत चयन गर्ने, सर्वसम्मति पनि प्रजातान्त्रिक अभ्यास हो’, उनले भने,‘सर्वसम्मत नभए लोकतान्त्रिक विधिमा जानुपर्छ ।’

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.