राजेश राईले सम्बाेधन गर्दा प्रतिनिधिकाे रूवाबासी

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ११, सोमबार १९:२१

विराटनगर ।  विराटनगरमा जारी प्रेस चाैतारी नेपालकाे केन्द्रीय महाधिवेशनमा राजेश राई अध्यक्षकाे दाबेदार थिए । तर केन्द्रीय नेताले उनलाई राेके । मनाेनयन नै गर्न नपाएका उनले बन्दसत्रकाे  अन्तिममा भावुक सम्बाेधन गरे । २२ वर्ष प्रेस चाैतारीमा बिताएका  राईले भावुक सम्बाेधन गर्दा बन्दसत्र हलमा सहभागी प्रतिनिधिकाे रूवाबासी चलेकाे थियो । अध्यक्षका लागि निर्वाचन गर्नुपर्ने माग गरिरहेका प्रतिनिधि राईले भावुक सम्बाेधन गर्दा राेएका हुन् ।

सम्बाेधनका क्रममा राईले प्रतिस्पर्धालाई बन्देज गरिएको गुनासो गरे ।

उनले अध्यक्षमा दाबी प्रस्तुत गरे पनि प्रतिस्पर्धा गर्न नदिएको बताए  । ‘मैले संगठनलाई अर्को घुम्तीसम्म लैजान सक्छु भन्ने थियो । तर अवसर मिलेन । हामीमाथि सयौँ प्रश्न छन् । अब संगठन अगाडि कसरी लैजान्छौँ ?’ उनले भने ।

‘ मैले २२ वर्षको अवधिमा एमालेका नाममा पार्टीको नाममा सबै दिएको हो । प्रतिनिधिले निर्वाचन भयो भने चुनाव जित्छस् भनेका थिए । तर, प्रतिनिधिको भावना सम्बोधन भएन’, उनेले भने, ‘लोकतान्त्रिक अभ्यास गर्दा संगठन कमजोर हुन्छ भन्ने भाष्य बनाइएको छ । राजेश या कोही हार्दा संगठन हार्छ, पार्टी हार्छ भन्ने भाष्य कसरी बन्यो ?, राजेश राईहरूमाथिको प्रश्न अन्तिम होस् ।’

राईले अध्यक्षकाे  दाबी छाडेपछि  महाधिवेशनले सर्वसम्मत नेतृत्व घाेषणा गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.