
काठमाडौं । अर्थ समिति, शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिको बैठक मंगलबार (आज) एकै दिन हुने भएको छ ।
बिहान ११ बजे अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्ने विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।
त्यसैगरी, बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिको बैठकमा ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि दफावार छलफल चल्ने छ ।
त्यस्तै, दिउँसो ३ बजे सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी, बीपी र अरनिको राजमार्गलगायत राष्ट्रिय राजमार्गको वर्तमान अवस्थाबारे छलफल हुने कार्यक्रम रहेको छ ।
























