
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा काठमडौंमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले विश्वभाषा क्याम्पस प्रदर्शनी मार्गमा सरकारको विरोध प्रदर्शन गर्दै ऊर्जामन्त्री दीपक खड्को पुत्ला दहन गरेका छन् ।
सरकारले साेमबार घिसिङलाई पदमुक्त गरेर हितेन्द्र शाक्यलाई नियुक्त गरेको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
























