गुल्मीमा जल्यो प्रधानमन्त्रीको पुत्ला

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १२, मंगलबार १७:५८

बुटवल । नेपाल विद्युत् प्राधिकरणका महानिर्देशबाट कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरोधमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा गुल्मीमा पुत्ला दहन गरेका छन् ।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको गुल्मीमा पुत्ला दहन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडी शङ्ख बजाउँदै र ओलीको राजीनामा मागको नारा लगाउँदै पुत्ला जलाईएको थियो ।

पार्टीका जिल्ला सचिव अशोक थापाले घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको बताए ।

कुलामान प्रकरणलाई लिएर आज ठाउँ ठाउँमा विरोध भएका छन् । मन्त्रीपरिषद् बैठकले सोमबार कुलमानलाई हटाउने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.