कसैको चमत्कारले लोडसेडिङ अन्त्य भएको हैन : प्रधानमन्त्री

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १२, मंगलबार १८:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको चमत्कारले लोडसेडिङ अन्त्य नभएको बताएका छन् ।

सरकारले वर्षौं लगाएर निर्माण गरेको आयोजनाका मुलुकमा लोडसेडिङ अन्त्य भएको उनको भनाइ छ । बालुवाटारमा सुजता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुुवा’ (आत्मकथा) लोकार्पण गर्दै मंगलबार प्रधानमन्त्री ओलीले कसैका चमत्कारले नभइ वर्षौं लगाएर गरिएका कामले बिजुली आएको बताए।

उनले कुलमान घिसिङले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो कि ? भन्दै प्रश्न गरे। कुलमानका विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले भ्रम छरेको भन्दै उनले कुनै १ व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे।

ओलीले स–साना कुरालाई समातेर हल्लाखल्ला गर्ने काम भएको बताए। अहिले आफूले सरकारको नायकत्व लिएको भन्दै केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नायकत्व लिने उनको भनाइ छ ।

कार्यक्रममा कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको तर्फबाट पूर्ण सहयोग रहेको बताए। ओली नेतृत्वको सरकारलाई कांग्रेसको पूरापूर सहयोग रहेको र राम्रोसँग अगाडि जानेमा दुईमत नरहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.