
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले पूर्वराजा शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिएका हुन् ।
























