
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेपछि सर्वदलीय बैठक बोलाएको एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिएका हुन् ।
सभामुखले बोलाएको प्रमुख सचेतकहरुको बैठकमा सो जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले भोलि १८ गतेको संसद बैठकमा विपक्षी दलहरुले उठाएको प्रश्नको जवाफ दिने समेत जानकारी दिएका छन् ।
सभामुख सहितको बैठकमा सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेपनि विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।
























