९ महिनाको गर्भवती थिइन् विमला, हत्यापछि बाटोमा गाडिएको थियाे शव

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १७, आइतबार २२:१०

विराटनगर । इलामको फाकफोकथुम गाउँपालिका– ३ सल्लेरी की १९ वर्षीया विमला कट्टेलको हत्या आरोपमा प्रहरीले उनका श्रीमान २५ वर्षीय उमेश गिरीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गत जेठमा गिरीसँग भागी विवाह गरेकी विमला ९ महिनाको गर्भवती थिइन् । घुम्न लैजाने भन्दै उमेशले गत फागुन २९ गते बेलुका घरबाट करिब २ घण्टाको दुरीमा लगेर श्रीमतीको हत्या गरी बाटो मै शव गाडेको प्रहरीले बताएको छ ।

विमलाको हत्या गरेको आरोपमा पक्रउ परेका उमेशलाई जिल्ला प्रहरी कार्यालय इलामले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

विमला चैत १ गतेदेखि हराइरहेकी थिइन् । दुई सातापछि चैत १५ गते बिहानको राति १ बजे प्रहरीले घरभन्दा करिब दुई घण्टाको पैदल दूरीमा रहेको फाकफोकथुम गाउँपालिका २ को धार्नेखोपस्थित दाहाल गोलाईमा कच्ची बाटोको बीचमा विमलाको शव गाडिएको अवस्थामा फेला पारेको थियो ।

विमलालाई हत्या गरेर शव बीच सडकमा गाडिदिएको भन्दै उमेशले नै ठाउँ देखाएपछि प्रहरीले शव फेला पारेको थियो ।

उमेशले चैत १ गते विमलालाई हत्या गरेर गाडेको देखिएको प्रहरीले बताएको छ । विमलाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

विमलाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक रमेश राईको नेतृत्वमा विशेष समूह गठन गरी घटना अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका क्रममा प्रहरीले उमेशको विवाहेत्तर सम्बन्धका कारण बिमलाको हत्या गरेको देखिएको बताएको छ ।

‘उमेशले फागुन २९ गते साँझ विमलालाई घुम्न जाऔं भनी घरबाट लगेको देखिन्छ,’जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक एकनारायण कोइरालाले भने, ‘उमेशको बयान अनुसार जहाँ उनलाई खाडल खनेर पुरिएको छ, त्यहाँ पुगेपछि उमेशले विमलालाई एक मुक्का हान्छन्, श्रीमती सडकमै ढलेपछि घाँटी थिचेर हत्या गरेपछि खाडल खनेर गाडेको देखिन्छ।’

पक्राउ परेका उमेश एक्स्काभेटर चालक हुन् ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.