
काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) जाँदैछन् । थाइल्याण्ड भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार दिउँसो १२ः ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर ओली थाइल्याण्ड जाने छन् ।
ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिने कायृक्रम छ । बैंककमा रहँदा उनले शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओली २३ गते शनिबार स्वदेश फर्कने छन् ।
प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन् ।
भ्रमणअघि ओलीले पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसहित शीर्ष नेतासँग छलफल गरेका थिए ।

























