सुनसरीमा आगलागी हुँदा २६ घर जल्याे

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १९, मंगलबार ०८:४१
फाइल फाेटाे

विराटनगर । सुनसरीकाे रिनगर गाउँपालिका– ५  मा आगलागी हुँदा २६ वटा घर टहरा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो हरिनगर गाउँपालिका– ५ मलदैया टोलमा आगलगी भएकाे थियाे । आगलागीमा सिकिन्द्र अली, जुवेर अली, सबिर मियाँ, अबुहेलाल मियाँ, ईम्तयाज मियाँ, अस्फाक आलम, अनसाक आलम, प्रवेज मियाँ, ईरफान मियाँ, कैसर आलम, पैयाज आलमको २६ वटा घर जलेकाे हाे ।

आगलागीका कारण ३१ लाख ४९ हजार बराबर क्षति भएको प्रहरीले बताएको छ ।

इस्लाम धर्मावलम्बीहरूले रमजानको समापनसँगै मनाइरहेको ‘ईद उल फित्र’ दिन आगलागी भएको थियो ।

प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । दिउँसो ३ बजे सुरु भएको आगो देवानगन्ज, कोशी गाउँपालिका, इनरुवा, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको दमकलको सहयोगमा साढे ४ बजे नियन्त्रणमा आएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.