राजावादीको आन्दोलन लोकतन्त्र समाप्त पार्ने षडयन्त्र : गृहमन्त्री

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २२, शुक्रबार १३:३५

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलन लोकतन्त्र समाप्त पार्ने षडयन्त्र भएको बताएका छन् ।

चैत्र १५ गते तीनकुनेमा राजावादीका नाममा भएको हिंस्रक आन्दोलन लोकतन्त्र समाप्त पार्ने षडयन्त्र भएको उनको भनाइ छ । लोकतन्त्रमाथि धावा बोल्नेहरुको पहिलो निशानामा सञ्‍चारमाध्यम रहेको उनले बताए । संसदको राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले लोकतन्त्रको अभिन्न अंग सञ्चारमाध्यम लोकतन्त्र विरोधीहरूको पहिलो निशानामा पर्ने गरेको उल्लेख गरेका हुन् ।

लेखकले सरकार सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षाका निम्ति संवेदनशील रहेको बताए। मुलुकमा लोकतन्त्र समाप्त पार्ने षडयन्त्र हुँदा सञ्चारकर्मी र सञ्चारगृहमाथि आक्रमणका घटना हुने गरेको उनको भनाइ छ।

गृहमन्त्री लेखकले भने, ‘चैत १५ गते तीनकुनेमा हिंसात्मक आन्दोलन भएको थियो । त्यतिबेला खोजीखोजी आक्रमण भएको छ। राजनीतिक दलका पार्टी कार्यालयहरूमा आक्रमण भएको छ। यी सबै कुराले पुष्टि हुन्छ कि लोकतन्त्र समाप्त पार्ने षडयन्त्र हो।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधानको रक्षा यो सरकारको पहिलो दायित्व रहेको बताए ।

लोकतान्त्रिक अधिकारको निर्वाधरुपमा उपभोग गर्ने विषयमा कुनै वाधा व्यवधान गर्न नदिन सरकार संवेदनशील रहेको उनको भनाइ छ । शान्तिपूर्वक भेला हुने, आफ्ना विचार राख्ने, आलोना गर्ने अधिकार संविधानले नै दिएको उल्लेख गर्दै लेखकले भने, ‘तर, हिंसात्मक गतिविधिदेखि संविधान फाल्ने र च्यात्ने गतिविधि यो व्यवस्थालाई नै उल्ट्याउने गतिविधिहरु हुन् । त्यस्ता गतिविधिलाई सरकारले निष्तेज पार्छ ।’

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.