रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २३, शनिबार ०६:१३

काठमाडौं । पार्टी अध्यक्ष रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी (डोलप्रसाद) अर्याललाई दिएको छ ।

अर्याल रास्वपाका उपसभापति हुन् । केन्द्रीय सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

उच्च अदालत तुलसीपुरकाे बुटवल इजलासले थुनामा राख्न आदेश दिएसँगै रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछाने शुक्रबार साँझ पक्राउ परेका छन् । लामिछाने पक्राउ परेलगत्तै रास्वपाको सचिवालय बैठक बसेको थियो ।

बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकाबाट न्यायका लागि अघि बढ्ने निर्णय गरेको छ । लामिछाने पक्राउ परे पनि शनिबार दिउँसो २ बजे चितवनको भरतपुरमा आयोजना हुने पार्टीको सभा भने नरोकिने भएको छ ।

सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशनसमेत दिएको छ । लामिछानेलाई भने शनिबार विमानमार्फत भैरहवा लगिने भएको छ । शुक्रबार साँझ पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो ।

उनलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो । जिल्ला अदालत रुपन्देहीले १ करोड रूपैयाँ धरौटीमा छाड्नलाई दिएको आदेश उल्टाउँदै उच्चका न्याधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले थुनामा पठाउन आदेश दिएको थियो ।

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो । तर, आदेशमा चित्त नबुझाएर लामिछाने आफैंले उच्च अदालतमा निवेदन दिएका थिए । आफैंले दिएको निवेदनउपर सुनुवाइ गर्दै उच्चले थुनामा राख्न आदेश गरेको हो ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.