थाइल्यान्डबाट फर्किएपछि प्रधानमन्त्री ओलीले भने,‘मोदीसँग थुप्रै कुरा भए’

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २३, शनिबार १३:५९

काठमाडौं । थाइल्यान्डको भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छलफल सकारात्मक भएको बताएका छन् ।

शनिबार थाइल्यान्डको औपचारिक भ्रमण सकेर फर्किएलगत्तै विमानस्थलमा आयोजित सञ्चारकर्मीसँगको कुराकानीमा उनले सेप्टेम्बरमा अमेरिकाको न्युयोर्क प्यालेसमा भएको भेट भन्दा राम्रो भएको बताएका हुन् । यसपटक अझै बढी कुराकानी भएको उनले बताए । ‘धेरै लामो होइन, अस्ति सेप्टेम्बरमा हाम्रो कुरा भएको थियो । सेप्टेम्बरमा तपाईंहरूले भनेजस्तो कुनै नराम्रो भएको पनि होइन हामीले कुराकानी गर्‍यौं,’ प्रधानमन्त्री ओलीले भने,‘यसपल्ट त्यो भन्दा बढी कुराकानी, अझ बढी पारस्परिक सहयोगका विभिन्न क्षेत्रको सन्दर्भमा, हाम्रा लगानीका क्षेत्रहरू, व्यापारका क्षेत्रहरूको सन्दर्भमा, पन्चेश्वर लगायतका विषय, दोधरा चाँदनीमा महाकालीबाट सिंचाई गर्ने लगायतका थुप्रै कुरा भए ।’

नेपाल भारत सम्बन्धलाई अझ व्यापक विस्तृत सुदृढ गर्दै लैजाने अठोट पनि गरेको उनले बताए । ‘फलदायी भेटघाट भयो र खुसी छु । उहाँको कुराकानीबाट उहाँ पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु,’ प्रधानमन्त्री ओलीले भने ।

भारत भ्रमण कहिले ?

विमानस्थलमा भारत भ्रमण कहिले भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भ्याएको अवस्थामा भारत भ्रमणमा जाने बताए । ‘कहिले के काम परेको हुन्छ, कहिले के त्यही भएर मात्रै हो,’ उनले भने,‘ बाहिर भनेजस्तो भारत भ्रमणमा कसैले काँडेतार लगाएको छ र ? त्यस्तो हुँदै होइन । त्यसलाई ठिकै ढंगले बुझ्दा हुन्छ ।’ सगरमाथा संवादअघि नै भारतको भ्रमण हुन्छ भन्ने प्रश्नमा ओलीले भ्याएको समयमा सम्वाद हुने बताए ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.