एमाले रतुवामाईको अध्यक्षमा देवी निर्वाचित

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २४, आइतबार ०८:०४

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा नेकपा (एमाले)ले नयाँ नेतृत्व पाएको छ । पार्टीको रतुवामाई नगर कमिटी अध्यक्षमा देवीप्रसाद दाहाल निर्वाचित भएका छन् ।

नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । शनिबार नै सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार दाहाल १ सय ५४ मतसहित निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार प्रकाशचन्द्र ढकालले दाहालको भन्दा आधा पनि मत पाउन सकेनन् । उनी ६६ मतमा सीमित भए ।

पदाधिकारीका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवारहरु अलगअलग प्यानल बनाएर मैदानमा निस्किएका थिए । पदाधिकारीमा सबै दाहाल समूहका निर्वाचित भएका छन् ।

उपाध्यक्षमा याम प्रसाईं १ सय ३४ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धि हरि श्रेष्ठले ८० मत ल्याए । सचिवमा नारायण ताजपुरीया निर्वाचित भएका छन् । उनले १ सय ५९ मत प्राप्त गर्दा सचिवका अर्का उम्मेदवार हेमबहादुर कार्की ५३ मतमा खुम्चिए ।

यस्तै, उपसचिवमा रामकुमार लिम्बू निर्वाचित भएका छन् । उनी १ सय १० मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी रामकुमार राजवंशीले ४५ मत प्राप्त गरे । महिला उपसचिवमा भने दाहाल समूहकै सीता बर्देवा निर्विरोध निर्वाचित भएकी थिइन ।

७५ सदस्यीय नगर कमिटीमा सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् । नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेपनि अन्तिम समयमा समूहगत प्रतिस्पर्धा भएको थियो ।

दाहाल समूहलाई एमाले नेता मेघराज कट्टेल, शंकर थापा, प्रवेश विष्टलगायतको समर्थन थियो । अर्थात, दाहाल पार्टीभित्रको संस्थापन अर्थात अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार हुन् ।

ढकाल समूहलाई दुर्गाबहादुर विष्ट, गोपी चापागाईंलगायतका नेताहरुले समर्थन गरेका थिए । ढकाल संस्थापनइतर समूहका हुन् ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.