जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सहमति

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २४, आइतबार १९:३१

काठमाडौं । मधेश केन्दीत नयाँ दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सहमति भएको छ । दुवै दल २०७९ सालको निर्वाचनपछि केन्द्रीय राजनीतिमा आएका हुन् । जनमत डा. सिके राउत र नागरिक उन्मुक्ति पार्टी रेशम चौधरीको अगुवाईमा खुलेको थियो ।

बर्दियाको राजापुर सम्पन्न बैठकले एकताको सहमति गरेको हो । पार्टी एकताका लागि सैद्धान्तिक सहमतिको टुङ्गो लागेको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले दुई पार्टी बिचको एकता अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘पार्टी एकताका लागि सैद्धान्तिक रूपमा धेरै विषय टुङ्ग्याएका छौँ, अब छिटौँ एकता हुन्छ।’ उनले भने ।

दुई पार्टीको एकतापछि पार्टीको नाम नागरिक जनमत पार्टी रहनेछ । चुनाव चिन्ह ढकिया राख्ने सहमति भएको छ । ढकिया नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह हो । दुवै दलबाट ५०–५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गरिने जनाइएको छ । वैशाखको दोस्रो सातामा पार्टी एकता गर्ने तयारी छ ।

पार्टी एकताका लागि सहमतिका लागि जनमत पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य अब्दुल खान संयोजक, डा.शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल बनाएको छ । नाउपाले गङ्गाराम चौधरीको संयोजकत्वमा सुनिता चौधरी र रामलाल डंगौरा रहेको कार्यदल बनाएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.