
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा मनोनित भएका छन् । दुई कार्यकाल उपराष्ट्रपति बनेका उनी कार्यकाल सकिएपछि उपाध्यक्ष मनोनित भएका हुन् ।
चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनित गरेको हो ।
पुन केही समयदेखि माओवादीको बैठकहरुमा सहभागी हुने गरेका थिए ।
























