संघीय राजधानीमा राप्रपाको ‘खबरदारी सभा’

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र २६, मंगलबार १२:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (मंगलबार) खबरदारी सभा गर्दैछ। बल्खु क्षेत्रमा राप्रपाले खबरदारी सभा गर्न लागेको हो ।

पार्टीले आजको कार्यक्रमलाई शान्तिपूर्ण बनाउन राप्रपाले आह्वान गरेको छ । राप्रपाले सभाका लागि भृकुटीमण्डप रोजे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खुमा सभा गर्न अनुमति दिएको हो ।

Advertisement

जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपमा सभा नगरी बल्खु वा सिफल चौरमा गर्न अनुमति दिने निर्णय गरेपछि यसबारे काठमाडौँ प्रशासनले राप्रपालाई जानकारी गराएको थियो ।

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपाले जानकारी दिएको छ । राजसंस्था स्थापनाका लागि स्थापित जनआन्दोलन परिचालन कमिटीले पनि राप्रपाको सभाप्रति ऐक्यबद्धता जनाएको छ ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले आज काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो ।

तपाइको प्रतिक्रिया
संखुवासभाको मकालुमा पहिरो : २०० भेडा पहिरोमा पुरिए
अमेरिका–इरान थप टकरावको जोखिम बढ्दै, खाडी र युरोपेली शक्ति कूटनीतिक दौडमा
२७ देशद्वारा आपतकालीन आर्थिक सहयोग माग
मिल्स गोल्डकपः झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा 
मिल्स गोल्डकपः झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा 
ओली नेतृत्वमै समस्या समाधानको पक्षमा एमाले सचिवालय
सचिवालयमा एक्लिए ओली, तर, नेतृत्व नछाड्ने अडान
अलकत्राको भाउ बढ्दा राेकियाे महेन्द्र राजमार्गकाे कालोपत्र
वीरेन्द्र साहलाई केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारी
मोरङमा पहेँलो धातुको टिल देखाएर लुटपाट गर्ने गिरोह फेरि सक्रिय, पुरानै अभियुक्त पक्राउ
नेपाली कांग्रेस लाैकही भेलाकाे २८ बुँदे संकल्प (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.