
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल चलाउने कुरा गर्दा मजाकको विषय बनाइएको बताएका छन् । मधेश प्रदेशसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालमा रेल चलाउने कुरा गर्दा विरोध गर्नेहरूलाई सित्तैमा रेल चढाइदिन खोज्दा कोही सम्पर्कमा नआएको बताए । ‘मैले रेलको कुरा गर्दा मानिसहरूले मजाक उडाएका थिए । तर जनकपुर आएर मैले आफैंले टिकट काटेर रेल चढेँ,’ उनले भने,‘मैले साथीहरूलाई भनेको थिएँ, जोजोले विरोध गर्नुहुन्छ, जनकपुरमा फ्रिमा एकपल्ट कुदाइदिउँला भनेको कोही पनि आएन फ्रिमा कुद्न ।’
जनकपुर–जयनगर रेल सञ्चालन भएपछि जनतालाई सुविधा पुगेको उनले बताए ।

























