रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाद्वारा मानवअधिकार आयोगको ध्यानाकर्षण

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २७, बुधबार १७:१६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि प्रहरी ज्यादती भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका नेताहरू आज आयोग कार्यालयमा पुगेर शुक्रबार लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीले ज्यादती गरेको जनाएका हुन् ।

सभापति लामिछानेमाथि भएको प्रहरी ज्यादती र मानवअधिकार हननको घटनाविरुद्ध पार्टीका तर्फबाट आयोगमा निवेदन दिइएको रास्वपाले जनाएको छ ।

तुल्सीपुर उच्च अदालतको आदेशपछि शुक्रबार लामिछानेलाई पक्राउ गर्ने क्रममा न्यायिक प्रक्रिया नपुर्‍याइएको र प्रहरी अधिकृतले अपमानजनक व्यवहार र शब्द प्रयोग गरेको आरोप रास्वपाले लगाएको छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.