चीन भ्रमणमा गए माओवादी नेता

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २८, बिहीबार ०९:०१

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र)का नेताहरू चीन भ्रमणमा निस्किएका छन्। पार्टीका वरिष्ठ नेता र जनप्रतिनिधिसहितको टोली बुधबार चीनको चोङकिङ सहरमा पुगेको छ ।

टोलीको नेतृत्व माओवादी केन्द्रका सचिव तथा पूर्वमन्त्री दिनानाथ शर्माले गरिरहेका छन्। भ्रमणको सिलसिलामा नेताहरूले चीनको विकास मोडेल, पार्टी निर्माण, सुशासन र पूर्वाधार योजनाहरुको अध्ययन तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ। टोली वैशाख ४ गते स्वदेश फर्किनेछ।

भ्रमण टोलीमा पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, रामदीप आचार्य, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी, बुद्धिजीवी संगठनका अध्यक्ष कृष्ण केसी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी, अखिल (क्रान्तिकारी) नेता आशा उपरकोटी तथा जनप्रशासन क्याम्पसका स्ववियु सभापति अनिकेत तिवारीलगायत रहेका छन् ।

टोलीलाई चिनियाँ कम्युनिष्ट पार्टीको स्कुल विभागका नेता वाङ तियानलियाङ्गले विमानस्थलमै स्वागत गरे। त्यसपछि नेपाली टोलीले चोङकिङको अन्तर्राष्ट्रिय लजिस्टिक हब पार्कको अध्ययन भ्रमण पनि सम्पन्न गरेको थियो।

चोङकिङ सहर चीनको केन्द्र सरकार मातहतको ४ प्रमुख सहरमध्ये एक हो । जुन औद्योगिक, आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा तीव्र रूपमा अघि बढिरहेको छ। ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ र ‘याङ्जे रिभर इकोनोमिक बेल्ट’ को केन्द्रका रूपमा चिनिएको चोङकिङले रेलमार्गमार्फत एसिया र युरोपका विभिन्न मुलुकहरूसँग प्रत्यक्ष व्यापारिक सम्बन्ध विस्तार गरेको छ।

माओवादी केन्द्रको यो भ्रमणले दुई देशबीचको पार्टीस्तरीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै, चीनको विकास, अनुभव र संरचनागत अभ्यासहरूको अध्ययन नेपाली परिवेशका लागि समेत उपयोगी हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.