
विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टी कोशी प्रदेशको अध्यक्षमा सरिता थापा खड्का चयन भएकी छन् । निर्वाचन प्रक्रिया रोकेर केन्द्रीय नेतृत्वले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेको हो ।
प्रदेश अध्यक्षमा धर्म निरौला, महेश रेग्मी, केशव विष्टकाे पनि दाबी थियाे । इटहरीमा जारी पहिलाे प्रदेश अधिवेशनमा बुधबार हुने भनिएकाे निर्वाचन प्रकृया राेकेर नेताहरुले बिहीबार खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् ।
कोशी प्रदेशकी पूर्वसांसद खड्का एमालेका स्वर्गीय नेता डम्बर खड्काकी श्रीमती हुन् ।
प्रदेश कमिटीको सचिव खोटाङका जलेश्वर राई चयन भएका छन् । उपसचिवमा भवानी शंकर चयन भएकाे प्रदेश अधिवेशनस्थलमा रहेका नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य ओसिम आलमले जानकारी दिए ।
प्रदेश कमिटीकाे उपाध्यक्ष र महिला उपसचिव चयन गर्न बाँकी छ । प्रदेश कमिटीकाे पहिलाे बैठकले रिक्त रहेकाे पदमा मनाेनयन गर्नेछ ।
प्रदेश कमिटी १९१ सदस्यीय हुनेछ ।

























