
झापा । नेकपा (एमाले) कोशी प्रदेशले झापाको दमकमा आयोजना गरेको प्रदेशस्तरीय जनजागरण सभा सुरु हुँदै छ । सभामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् ।

एमालेले हिजो (शुक्रबार) बुटवलमा यस्तै जनजागरण सभाको आयोजना गरेको थियो । प्रतिगामी चलखेल र गणतन्त्रविरोधी हर्कतको भण्डाफोर गर्नका लागि सभाको आयोजना गरेको एमालेले जनाएको छ ।

सभामा कोशी प्रदेशका बिभिन्न जिल्लाबाट एमाले नेता–कार्यकर्ता भेला हुने क्रम जारी छ । सभा सुरु हुनअघि दमकको दुई स्थानबाट प्रदर्शन गर्ने तयारी रहेको पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए । पूर्वबाट रतुवा खोला पारिबाट र पश्चिमतर्फ दमक चोकबाट जुलुससहित सभा स्थलमा सहभागी आउने जनाइएको छ ।


























