विराटनगरमा एमालेको अधिवेशन तयारी तीव्र, मनोनीतबाहेकका प्रतिनिधि छनोट सम्पन्न

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३०, शनिबार १७:३५

विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनको तयारी तीव्र पारिएको छ । अधिवेशन यही वैशाख २ र ३ गते हुने छ ।

अधिवेशनका लागि वडा तथा जनसंगठनबाट आउने प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ । मनोनीतबाहेकका प्रतिनिधि छनोट भइसकेका हुन् । चैत २१ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय बैठकको निर्णय अनुसार महानगरको १९ वटै वडाबाट र जनसंगठनबाट आउने प्रतिनिधिको छनोट सम्पन्न भएको हो ।

पार्टीको महानगर कमिटीका प्रवक्ता एवं प्रचार उपसमिति संयोजक राम पोखरेलले महानगर अधिवेशनका लागि महानगर १९ वटा वडाबाट २ सय २० जना प्रतिनिधि छनोट गरिएको जानकारी दिए । भूगोलबाट छनोट भएका २ सय २० मध्ये खुला क्षेत्रबाट १ सय १५, महिलाबाट ६८ र युवाबाट ३७ जना रहेको पोखरेलले बताए ।

उनका अनुसार महानगरमा क्रियाशील १६ जनसंगठनबाट ७९ जना प्रतिनिधि छनोट भएका छन् । पोखरेलले क्रियाशील जनसंगठनमध्ये अधिवेशनलाई थप समावेशी तथा प्रतिनिधिमूलक बनाउन अखिल नेपाल महिला संघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज र नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) बाट १० जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको तथा अन्य जनसंगठनको हकमा पार्टीको निर्णय बमोजिम प्रतिनिधि चयन गरिएको जानकारी पोखरेलले दिए ।

एमाले विराटनगर महानगर कमिटी अध्यक्ष रोहित कोइरालाले भूगोलबाट २ सय २० जना, जनसंगठनबाट ७९ र मनोनीत १५ जना गरेर अधिवेशनमा ३ सय १४ जना प्रतिनिधि सहभागिता हुने जानकारी दिए । कोइरालाले १५ जना प्रतिनिधि भने मनोनीत गर्न बाँकी रहेको बताए । मनोनीत गर्दा प्रतिनिधित्व गर्न छुटेको क्षेत्र तथा समुदायलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।

एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले अधिवेशनको उद्घाटन पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले गर्ने जानकारी दिए । बस्नेतले अधिवेशन उद्घाटनअघि वैशाख २ गते विराटनगरको रोडशेष क्षेत्रबाट विभिन्न जातीय संस्कृति झल्किने झाँकीसहित र्यालीको आयोजना समेत गरिने बताए ।

अधिवेशनका तयारीका लागि युवा नेता बस्नेत आफैं सक्रिय भएर खटिएका छन् । अधिवेशन सम्पन्न गर्न महानगर अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा सबै वडाका अध्यक्ष तथा सचिवसहित २ सय ५१ सदस्यीय मूल व्यवस्थापन समिति तथा थप ९ वटा उपसमिति बनाइएको छ ।

कोइरालाले अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको बताए । अधिवेशनले पार्टी महानगरको नयाँ नेतृत्व चयन गर्ने छ । हालका अध्यक्ष कोइराला पुनः पार्टीको महानगर अध्यक्ष बन्ने तयारीमा छन् ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.