१७ हजारको हत्याकाे कुरा छाडौं, १ जनालाई पनि पिटेको छैन : प्रचण्ड

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३०, शनिबार १९:०१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई  जनयुद्धका क्रममा मृत्यु भएका १७ हजार मानिसको हत्याको आरोप लागिरहन्छ । केही समयअघि उनले आफूले पाँच हजारकाे नैतिक जिम्मेवारी लिने बताएका थिए । शनिबार भने प्रचण्डले व्यक्तिगत रुपमा आफूले एक जनालाई पनि नपिटेको दाबी गरेका छन् ।

शनिबार संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धको नैतिक जिम्मेवारी लिने बताउँदै आफूले व्यक्तिगत रुपमा एक जनालाई पनि नपिटेको बताएका हुन् ।

मुलुकलाई इतिहासको पछाडितिर धकेल्न चाहनेहरूले माओवादी केन्द्र र विशेषगरी आफूमाथि १७ हजार मानिस मारेको आरोप लगाइरहेको उनको गुनासो छ ।

‘यो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मार्‍यो, विद्रोहीले कति के गर्‍यो भन्नेकुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ,’ उनले भने,‘ १७ हजार माओवादीले, अझ आज भोलि त भन्ने प्रचण्डले, हत्याको कुरा छाड्दिनुस् मैले अहिलेसम्म एक जनालाई पिटेको पनि छैन।’

युद्धको नेतृत्व आफूले लिएको बताउँदै उनले भने,‘ शान्ति प्रक्रियामा आएपछि जनयुद्धको नैतिक जिम्मेवारी लिन्छु भनेकै छु ।’

‘ यति धेरै गलत आरोप लागिराख्दा विभिन्न बुद्धिजीवी, राजनीतिक दल, सात राजनीतिक दल कोही पनि बोलेको देखिएको छैन,’ उनले भने ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.