
काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (सोमबार) बस्ने भएको छ ।
बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
समसायिक राजनीतिक विषय तथा वैशाख ११ गते आयोजना हुन लागेको युवा सम्मेलनको तयारीका विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

























