
विराटनगर । नयाँ वर्ष २०८२ सालको पहिलो दिन विराटनगरस्थित मेन रोडमा रहेको काली मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ ।

मन्दिरमा बिहानदेखि नै दर्शन गर्नेहरूको भीड लागेको हो ।

विराटनगरको काली मन्दिरसँगै, सत्यनारायण मन्दिर, हनुमान मन्दिरलगायत विभिन्न देवीदेवताका मन्दिर तथा धार्मिक पर्यटकीय स्थलहरूमा नयाँ वर्षमा सर्वसाधारणहरूको घुइँचो लाग्ने गरेको छ ।




























