संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय, आन्दोलन फिर्ता लिन शिक्षकलाई आग्रह

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३, बुधबार ०६:२६

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय लिएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्ने समेतका प्रयोजनका लागि अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार विचाराधीन विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट उक्त विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ । नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील एवं गम्भीर रहेको भट्टाईको भनाइ छ ।

शिक्षकका यथोचित मागको सम्बोधन गर्न सरकार तयार रहेको उनले बताइन् । ‘शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनिन् ।

विद्यार्थी भर्ना, एसईईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को परीक्षासमेतको समय भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्किन शिक्षकलाई अनुरोध गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकमा भएको जानकारी मन्त्री भट्टराईले दिइन् । ‘शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर भएर लागेको छ । अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गरिएको छ,’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.