रास्वपाको महाधिवेशन फागुनमा  

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार १९:४६
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन फागुनको पहिलो साता हुने भएको छ ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति, कार्य तालिका र ७ वटै प्रदेशको इन्चार्ज तोक्ने सर्वसम्मत रूपमा पारित गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

बैठकले कोशी प्रदेशमा सन्तोष परियार, मधेस प्रदेशमा मनिष झा, बागमती प्रदेशमा लिमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल, लुम्बिनी प्रदेशमा विपिनकुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिम प्रदेशमा हरि ढकाललाई इन्चार्जको जिम्मेवारी दिएको छ ।

पार्टीले संगठन सुदृढीकरण र आगामी महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन इन्चार्जहरूले प्रदेश र जिल्ला तहमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ ।

रास्वपाले हाल १ हजार ९ सय ७५ वडा र ४ सय ५८ पालिकामा समिति गठन गरिसकेको जनाउँदै संगठन विस्तार र अधिवेशन प्रक्रियालाई तीव्रता दिने रणनीति बनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.