शिक्षक महासंघले बोलायो बैठक, समसामयिक विषयमा छलफल हुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख ६, शनिबार १२:०९

विराटनगर । आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक आज बस्दैछ । सरकारसँग वार्तापछि आज महासंघले बैठक बोलाएको हो । आज दिउसो ३:१५ बजे मध्यबानेश्वर स्थित रत्नराज्य माविमा बस्ने भएको बैठकमा समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ ।

बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई बोलाइएको छ ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.