बालुवाटारमा ३ दलका शीर्ष नेताको बैठक जारी

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ६, शनिबार १८:२२

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा ३ दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली, नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेललगायत सहभागी छन् ।

संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई अन्तिम रूप दिन खरेललाई विज्ञ सल्लाहकारमा नियुक्त गर्दै जिम्मेवारी तोकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.