
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
बालुवाटारमा जारी बैठकमा विशेष गरेर शिक्षकहरूको आन्दोलनका विषयमा छलफल भइरहेको बताइएको छ । बैठकमा राजीनामा दिएकी शिक्षा मन्त्री विद्या भट्टराई सहभागी छैनन् ।
शिक्षकहरूको आन्दोलन सोमबार २० दिन पुगेको छ । मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्रीले शिक्षकहरूको मागका विषयमा छलफल चलाएका हुन् ।
अन्य मन्त्रालयगत विषयमाथि पनि बैठकमा छलफल तथा निर्णय हुनेछ ।
























