संसद बैठक भोलि : पहिलो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १४:३४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।

सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा भोलि शुक्रबारदेखि सुरु हुने संसदको वर्षे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधनका लागि समय माग गरेको जानकारी गराएका हुन् । मन्त्रिपरिषदको गत मंगलबार बसेको बैठकले शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठक आह्वान गर्ने निर्णय गरेको थियो ।

संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक यही बैठकबाट पारित गर्न समन्वय र सहजीकरण गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको थियो । शनिबार र सार्वजनिक बिदा बाहेक संसद बैठक निरन्तर चल्ने तय भइसकेको छ।

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ ।

संसद् सचिवालयले अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.