युवाहरू एकीकृत भए राजनीतिक अस्थिरता हट्छ : पोखरेल

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १७:००

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताको दुष्चक्रले जनतालाई चिन्तित तुल्याएको बताएका छन् । युवाहरूले विचारलाई एकीकृत गरेर आगामी निर्वाचनमा एमालेलाई बहुमत दिलाए मात्र नेपालको राजनीतिक अस्थिरता हट्ने मुलुकको विकास हुने पोखरेलले बताए ।

बिहीबार काठमाडौँको भृकुटी मण्डपमा पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसका अवसरमा भएको ‘यूथ सेलिब्रेशन’कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कुनै पनि राष्ट्रको विकास र सम्मृद्धिका लागि भिजनरी नेतृत्व, स्ट्रङ पोलिटिकल पार्टी र स्थायित्व अनिवार्य भएको बताए ।

उनले अब नेपालमा युवाहरूले जनमत विभाजित गर्न नहुने तथा  जनमत ध्रुवीकरण समेत गर्न नहुने बताए ।  ‘त्यसरी बलियो र राष्ट्रिय शक्तिको निर्माण गर्नुपर्छ । अब युवाहरूले धेरैतिर आफ्ना विचार छर्ने होइन । विचारलाई एकीकृत गर्नुपर्दछ र सङ्कल्पका आधारमा राष्ट्र निर्माणमा अघि बढ्नुपर्दछ’, पोखरेलले भने, ‘जसरी छिमेकीहरूले राजनीतिक स्थिरताको सुनिश्चित गरेका छन् ।’

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.