कोशीमा माओवादीको चुरे–तराई जनसांगीतिक अभियान, कहाँ–कहाँ हुँदैछ कार्यक्रम ?

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख १२, शुक्रबार ०९:०९

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशले ९ दिने चुरे–तराई लक्षित जनसांगीतिक अभियान सुरु गरेको छ ।

कोशीका विभिन्न जिल्लामा सञ्चालन गरिने अभियानको समापन वैशाख १८ गते हुने छ । माओवादीको केही दिन अगाडि बसेको प्रदेशको सचिवालय बैठकले अभियान चलाउने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार उदयपुरको कटारी बजारबाट ‘चुरे–तराई जनसांगीतिक अभियान’ सुरु भएको हो । अभियानको माओवादी उपमहासचिव तथा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले बुधबार उद्घाटन गरेका हुन् ।

अभियानअन्तर्गत बिहीबार उदयपुरको गाईघाट बजारमा कार्यक्रम गरिएको माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले बताए । त्यस्तै, वैशाख १२ गते शुक्रबार उदयपुरको बेल्टार, वैशाख १३ गते शनिबार सुनसरीको धरान, वैशाख १४ गते मोरङको केराबारी बजार, वैशाख १५ गते मोरङको मधुमल्ला बजार मिक्लाजुङ, वैशाख १६ गते इलामको चुलाचुली, वैशाख १७ गते झापाको बुद्धशान्ति र वैशाख १८ गते झापाको बाहुनडाँगीमा गएर अभियान टुंगिने उनको भनाइ छ ।

अभियानका क्रममा जनसांस्कृतिक महासंघ कोशी प्रदेशका कलाकारहरुले पार्टीको पक्षमा निर्माण गरिएका नाटक, गीत तथा सामूहिक नृत्य प्रस्तुत गर्नुका साथै कविताहरु सुनाउने छन् । प्रदेश समितिको आयोजनामा गरिएको कार्यक्रमलाई स्थानीय पार्टीले व्यवस्थापन गरिरहेको नेम्वाङ्ले बताए ।

सांस्कृतिक अभियानमा कलाकारको तर्फबाट भने फ्याक्सन इन्चार्ज राकेश किराँती, अनुशा राईलगायतले नेतृत्व गरेका छन् । कार्यक्रममा १–२ जना मात्रै वक्ता राखिएको र ५ वटासम्म गीत नृत्य तथा अबको बाटो शीर्षकमा नाटक प्रस्तुति हुने नेम्वाङले बताए ।

उद्घाटन समारोह उत्साहजन रहेको र गर्मीको बीचमा पनि स्थानीयहरु स्वतःस्फूर्त आएको नेम्वाङ्को दाबी छ । माओवादीले सञ्चालन गरेको तराई–मधेश हुलाकी राजमार्ग लक्षित अभियान पनि जारी छ ।

कोशी चलाइएको अभियानका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा भ्रष्टाचारीहरु समातेको, सुशासनको सुरुवात गरिएको, सामाजिक न्यायको लागि काम गरिएको र अन्तर्राष्ट्रिय फोरमहरुमा देशका तर्फबाट दह्रो कुराहरु राखेको जानकारी दिने गरिएको छ । त्यस्तै, राजावादीहरुले चलाएका भ्रमलाई पनि चिर्ने प्रयास भएको नेम्वाङ बताउँछन् ।

तपाइको प्रतिक्रिया
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
विराटनगरमा मृत फेला पर्यो नीलगाई
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×