जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार ०७:२६

बारा । जितिया पर्वको अवसरमा पोखरीमा नुहाउन गएका बाराका दुई किशोरीको डुबेर मृत्यु भएको छ ।

बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर रौवाहीका १४ वर्षीया निशा पटेल र चाँदनी पटेलको मृत्यु भएको हो । शनिबार साँझ अभिभावकसँगै जितिया पर्व मनाउने क्रममा पोखरीमा पुगेका दुवै किशोरी अचानक पानीमा डुबेर बेपत्ता भएका थिए । उनीहरू बेपत्ता भएको खबरपछि प्रहरी र स्थानीयवासीले पोखरीमा खोजी थालेका थिए ।

अस्थायी प्रहरी पोष्ट बेनौलीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा पोखरीको उत्तरतर्फबाट दक्षिणतर्फ दुवै किशोरीलाई मृत अवस्थामा फेला पारेको बारा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर राजाबाबु ठाकुरले बताए ।

घटनापछि दुवैको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×