वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार ०७:३२

भद्रपुर । मुख्य भन्सार नाका छलेर ग्रामीण सडक तथा वैकल्पिक मार्गबाट हुनसक्ने अवैध ओसारपसार नियन्त्रण गर्न झापा प्रशासनले सीमा क्षेत्रमा सुरक्षा सक्रियता बढाएको छ ।

सीमावर्ती क्षेत्रमा राजस्व चुहावट, चोरी–निकासी तथा पैठारी र सीमा अपराध रोक्ने उद्देश्यले जिल्ला सुरक्षा समितिले झापा–इलाम सीमा क्षेत्रको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार गरिएको अनुगमनमा मेचीनगर, बुद्धशान्ति र अर्जुनधारालगायतका पालिकासँग जोडिएका सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था र आवतजावतको मार्गका बारेमा जानकारी लिइएको थियो ।

भौगोलिक रूपमा सदरमुकामबाट टाढा रहेका र सुरक्षा निकायको सहज पहुँच नपुग्ने स्थानमा अवैध गतिविधिको जोखिम बढी हुनसक्ने भएकाले त्यस्ता क्षेत्रलाई निगरानीको प्राथमिकतामा राखिएको प्रजिअ पोखरेलले बताए । इलाम, पाँचथर र ताप्लेजुङबाट झापाको बाटो हुँदै भारततर्फ हुनसक्ने अवैध निकासीलाई समेत ध्यानमा राखेर संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको जानकारी उनले दिए ।

‘मुख्य नाकाबाहेकका वैकल्पिक सडक र ग्रामीण मार्गबाट अवाञ्छित गतिविधि हुनसक्ने भएकाले ती क्षेत्रको सुरक्षा अवस्था बुझेर आवश्यक रणनीति बनाउन अनुगमन गरिएको हो,’ पोखरेलले भने ।

प्रशासनले सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नियमित गस्ती तथा पेट्रोलिङ प्रभावकारी बनाउन निर्देशन दिएको छ । सम्भावित अवैध गतिविधिका बारेमा सूचना प्राप्त हुनासाथ सुरक्षा निकायबीच समन्वय गरी आवश्यक कारबाही अघि बढाउने व्यवस्था पनि मिलाइएको छ ।

सुरक्षा निकायको कामलाई थप जवाफदेही बनाउन सीमावर्ती क्षेत्रमा खटिएका प्रहरी युनिटले प्रत्येक १५ दिनमा आफ्नो कार्यक्षेत्रमा भएका गस्ती, सुरक्षा उपस्थिति, नियन्त्रणका प्रयास तथा कारबाहीको प्रतिवेदन जिल्ला सुरक्षा समितिमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्राप्त प्रतिवेदनका आधारमा सुरक्षा अवस्थाको समीक्षा गरी आगामी रणनीति तय गरिने पोखरेलले बताए ।

यसैबीच, चाडपर्व नजिकिँदै गर्दा भारतबाट पटका तथा अन्य प्रतिबन्धित सामग्री भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा थप सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सहभागी थिए ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×