आन्दोलनमा शिक्षकबाटै शिक्षक कुटिए 

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १३, शनिबार १८:१८

काठमाडौं । काठमाडौंको जारी शिक्षक आन्दोलनका क्रममा शनिबार एक शिक्षकमाथि कुटपिट भएको छ ।

नेपाल शिक्षक महासंघको राष्ट्रिय आन्दोलनमा सहभागी ५४ वर्षीय शिक्षक केशवराज जोशी घाइते भएका हुन् ।

दिउँसो करिब १ बजे कैलालीको धनगढी उपमहानगरपालिका –१ का जोशीमाथि १५ –२० जना शिक्षकको समूहसँग मतभेद हुँदा कुटपिट भएको काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

दुवै पक्ष आन्दोलनमा आएका शिक्षक हुन् ।  जोशी धनगढी –१२ स्थित श्री दुर्गा आधारभूत माध्यमिक विद्यालयका शिक्षक हुन् ।

प्रहरीले तत्काल उद्धार गरी जोशीलाई सिभिल अस्पताल पुर्‍याएको छ भने उनको टाउकोमा टुटुल्को उठेको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

अस्पतालमा उपचार भइरहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.